पूर्वी चीनको जियाङसुमा आँधीका कारण १० जनाको मृत्यु « Khabarhub

पूर्वी चीनको जियाङसुमा आँधीका कारण १० जनाको मृत्यु


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मङ्गलबार भएको भीषण हावाहुरीसहित भएको बर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान शहर सबैभन्दा बढी प्रभावित भएका छन् ।सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको छ ।

मङ्गलबार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा पाँच हजार ५१२ जना प्रभावित भएको, १३७ घर भत्किएको, ४१ दशमलव ८ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र ४०५ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ ।

यान्चेङमा राति ८ः३० बजे शहरको फनिङ काउन्टीमा अर्को आँधी आएको थियो । मङ्गलबारको भुमरीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काउन्टीको लुपु र बान्हु नगरमा मुसलधारे वर्षा भएको छ । प्रारम्भिक अनुसन्धानमा एक हजार ३६४ जना प्रभावित भएको, १९९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र १२९ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको देखिएको छ ।

स्थानीय सरकारी विभागहरू विपत्तिको सामना गर्न घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय विभिनन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : ४१ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा