पूर्वी चीनको जियाङसुमा आँधीका कारण १० जनाको मृत्यु « Khabarhub

पूर्वी चीनको जियाङसुमा आँधीका कारण १० जनाको मृत्यु


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मङ्गलबार भएको भीषण हावाहुरीसहित भएको बर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान शहर सबैभन्दा बढी प्रभावित भएका छन् ।सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको छ ।

मङ्गलबार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा पाँच हजार ५१२ जना प्रभावित भएको, १३७ घर भत्किएको, ४१ दशमलव ८ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र ४०५ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ ।

यान्चेङमा राति ८ः३० बजे शहरको फनिङ काउन्टीमा अर्को आँधी आएको थियो । मङ्गलबारको भुमरीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काउन्टीको लुपु र बान्हु नगरमा मुसलधारे वर्षा भएको छ । प्रारम्भिक अनुसन्धानमा एक हजार ३६४ जना प्रभावित भएको, १९९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र १२९ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको देखिएको छ ।

स्थानीय सरकारी विभागहरू विपत्तिको सामना गर्न घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय विभिनन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : ४१ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही