लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली « Khabarhub

लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गरे ।

सो अवसरमा उनले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताए । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा विकास गर्न चाहन्छौँ”, उनले भने ।

उनले संविधानले जनतालाई सार्वभौमसत्ता र सबै अधिकार दिएको बताए । राष्ट्रियता आकांक्षा पूरा गर्नका लागि संविधान बनाएको उनको भनाइ थियो । अध्यक्ष ओलीले संविधान कार्यान्वयनका क्रममा कमी कमजोरी देखिए तिनीहरूलाई उचित संशोधन गर्दै अगाडि बढ्न सकिने धारणा राखे।

उनले संविधानको रक्षा र सफल प्रयोग मुख्य कार्य रहेको भन्दै त्यसमा चुनौतीसमेत देखिएको बताए । अहिले विभिन्न प्रकारका तत्वले प्रतिगमन, देश, जनता, शान्ति सुव्यवस्थालाई असर गर्ने कुरा देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले संविधानको सफल कार्यान्वयनमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए ।

एमालेका महासचिव शङ्कर पोखरेलले संविधानको सफल कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने भनाइ राखे । बिहान सोही ठाउँमा एमालेले विशेष कार्यक्रम गरेको थियो । साँझ भएको दीपावलीमा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : २८ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ