लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली | Khabarhub Khabarhub

लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गरे ।

सो अवसरमा उनले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताए । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा विकास गर्न चाहन्छौँ”, उनले भने ।

उनले संविधानले जनतालाई सार्वभौमसत्ता र सबै अधिकार दिएको बताए । राष्ट्रियता आकांक्षा पूरा गर्नका लागि संविधान बनाएको उनको भनाइ थियो । अध्यक्ष ओलीले संविधान कार्यान्वयनका क्रममा कमी कमजोरी देखिए तिनीहरूलाई उचित संशोधन गर्दै अगाडि बढ्न सकिने धारणा राखे।

उनले संविधानको रक्षा र सफल प्रयोग मुख्य कार्य रहेको भन्दै त्यसमा चुनौतीसमेत देखिएको बताए । अहिले विभिन्न प्रकारका तत्वले प्रतिगमन, देश, जनता, शान्ति सुव्यवस्थालाई असर गर्ने कुरा देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले संविधानको सफल कार्यान्वयनमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए ।

एमालेका महासचिव शङ्कर पोखरेलले संविधानको सफल कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने भनाइ राखे । बिहान सोही ठाउँमा एमालेले विशेष कार्यक्रम गरेको थियो । साँझ भएको दीपावलीमा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : २८ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो