एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित « Khabarhub

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन्।

नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भए। केसीले एक हजार ३७८ मत पाए। उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाए।

उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्। युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन्।

महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन्। उनले दुई हजार ३७ मत ल्याए। काठमाडौंमा भएको महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गरेका थिए। 

पराजित उम्मेदवारहरूले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम नस्विकार्ने गर्ने घोषणा गरेका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ३९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस