नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित) | Khabarhub Khabarhub

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा नयाँ भर्ना खुलाइएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।

इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।

 प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत ९२४० रुपैयाँ० थप दस्तुर लाग्ने छ ।

प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत ९१०० रुपैयाँ०को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ५५ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी