प्रणाली परिवर्तन हुन्छ तर लोकतन्त्रको विकल्प हुँदैन | Khabarhub Khabarhub

प्रणाली परिवर्तन हुन्छ तर लोकतन्त्रको विकल्प हुँदैन

‘समस्या संविधानमा मात्र होइन, आम नागरिकको चेतनास्तरमा छ’



देशमा संविधान जारी भएपछिको दशकमासमेत संविधान कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। संविधान, कानुन, राजनीतिक हिसाबबाट अहिलेको मुख्य समस्या कहाँ छ ? मुलुक किन निरन्तर असफल बनिरहेको छ ? समस्या प्रणाली, संविधान कि राजनीतिक नेतृत्वमा छ ? वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले राजनीतिक हिसाबबाट प्रणाली, संविधान, राजनीतिक नेतृत्वमा निकै प्रश्न उठ्छ। हामी अहिले कुन दिशामा गइराखेका हौँ ?
मैले बुझेसम्म हाम्रोमा राजनीति नै समस्या बन्यो। जब राजनीति राजनीतिको मर्म के हो ? धर्म र उद्देश्य के हो भन्ने कुरा राजनीतिक गर्ने मान्छेले बुझ्दैन तब राजनीति समस्या बन्छ।

राजनीतिलाई आफ्नो स्वार्थ सिद्धी गर्ने माध्यम मात्र बनाइएको छ। सबै पुराना र नयाँ राजनीतिक दलहरु आफूलाई सत्तामा पुर्याउने सत्ता केन्द्रित बनाउने र आफ्नो स्वार्थ पुरा गर्ने भाषाबाट प्रेरित भएका छन्।

त्यसैले राजनीतिको वास्तविक परिभाषालाई कार्यान्वयन गर्न जरुरी भएको छ। जे कुरालाई लोकतन्त्रको नाममा गणतन्त्रको नाममा जसरी समाजलाई मुलुकलाई लुट्ने काम भइरहेको छ। यो काम राजनीतिलाई गलत रूपमा प्रयोग गरेको कारणले भएको छ। जबसम्म सिङ्गो रूपमा हामीले राजनीतिलाई सही ढङ्गले परिभाषित गर्न सक्दैनौँ। तबसम्म हामी नेताको बारेमा पार्टीको बारेमा सरकाको बारेमा प्रणालीको बारेमा प्रश्न उठाइरहेको हुन्छौँ। यहाँ राजनीतिले आफ्नो धर्म छोडेको छ।

नेताहरूले मतादाता छान्ने भए र तीनै मतदाताले नेतृत्व चुन्ने भए। उनीहरूले शासन गर्ने भए राजनीति भनेको यही रहेछ। ठुलठुला राजनीतिक परिवर्तन भए पनि राजनीतिक प्रवृत्ति किन फेरिएन ?
लोकतन्त्रको सुन्दरता छ। त्यो सुन्दरतासँगै ठुलो कमजोरी पनि छ। लोकतन्त्रको सुन्दरता भनेको नागरिकहरूले स्वतन्त्रतापूर्वक आफ्नो मत जायर गर्न पाउँछन्। तर आफूलाई शासन गर्ने व्यक्ति छान्न जुन निर्णय गर्ने काम स्वतन्त्र स्वच्च र बुद्धिमत्तापूर्वक हुन सकेन भने यसले ध्वस्त मान्छेलाई सत्तामा पुर्याउँछ। त्यसैले समस्या नेता प्रणालीमा संविधानमा मात्र होइन आम नागरिकको राजनीतिक चेतनास्तरमा छ।

हामी मतादाता ठिक मान्छेलाई मत दिन सक्दैनौँ। आफ्नो दल कार्यकर्ता भन्दा माथि उठ्न सक्दैनौँ। के को लागि मत दिने पनि छुट्याउन सक्दैनौँ एक गिलास रक्सीमा मत बिकेको छ। पैसाको लागि मत बेचिएको छ। गुण्डागर्दीले मत परिवर्तन हुन्छ। मत गलत रूपमा प्रयोग हुँदा मतादाताले विवेकको पनि प्रयोग गर्दैनन्। स्वतन्त्रता र बुद्धिमत्तापूर्वक मत दिँदैन। यो हुनासाथै लोकतन्त्र देखावटी हुन्छ। वास्तवमा नै नेपालमा लोकतन्त्रको सही प्रयोग हुन सकेको छैन। किनभने लोकतन्त्रको आत्मा भनेको मतदाता हो।

हामीले सही अर्थको लोकतन्त्रको डिउटी कहाँ पाउँछौँ ?
यसमा हामी सबै चुकेका छौँ। ठुला मिडिया ठुला बुद्धिजीवी नागरिक समाज सबै चुकेका छौँ। हामी एउटा यस्तो क्राइसिसमा परिसकेको छौँ जहाँ हाम्रो आफ्नोपना हाम्रो नेपाली पना नेपाली सभ्यता हाम्रो अस्तित्व विवेक बुद्धिमत्ता गुमाएको अवस्था छ। हामीले हाम्रो लोकतन्त्रको नाममा भिडतन्त्र सिर्जना मात्र गरेका छौं। त्यो भिडभित्र पनि पार्टीतन्त्र छ। पार्टी भित्र पनि गुटतन्त्र छ। जुन कुराले लोकतन्त्रलाई नै पराजित गरेको छ। यो लोकतन्त्र भित्रबाट नै लोकतन्त्रको शत्रुहरू जन्मिन्छन्। अहिले यस्तो अवस्थामा मुलुक छ।

हामी यो संविधान ठिक भएन भनेर दोष लगाउँछौँ, समाधान के त ?
संविधान भित्र पनि कमी कमजोरी छन्। यो समस्या लोकतन्त्रको होइन। त्यसैले संविधानमा कमी कमजोरी छन्। त्यसलाई सुधार गर्नुपर्छ, संविधान नै खराब होइन। संविधानमा सर्वभौम सत्ता भौगोलिक अखण्डता राजनीतिक स्वाधीनता लाई परिवर्तन गर्न पाइँदैन। त्योबाहेक यो संविधानका कुरा परिवर्तन गर्न सकिन्छ। संविधानमाथि टिप्पणी गर्ने कुरा राम्रो हो। तर सधैँ संविधान नै फेर्नुपर्छ भन्ने कुरा होइन। यो संविधानभित्र पनि प्रणाली परिवर्तन गर्न सकिन्छ। लोकतन्त्र त फेर्ने कुरा होइन। वास्तवमा यसको विकल्प हुँदैन। त्यसैले लोकतन्त्रलाई लोकतन्त्र जस्तो नै बनाउनुपर्छ।

राजनीतिक स्थायित्व नहुँदा युवाहरू पलायन भइरहेका छन्। महंगी बढिरहेको छ। भ्रष्टाचार र सुशासनको कुरामा राज्य चुकिरहेको छ। यस्ता समस्याको समाधान कसरी खोज्ने ?
एउटा निरंकुश शासनलाई फाल्न र त्यो सिस्टमले निम्त्याएका समस्याहरू समाधान गर्न सजिलो हुन्छ। तर लोकतन्त्र भित्र लोकतान्त्रको नाममा गरिएका बेतिथिहरू चरम शोषणहरू दमनहरूलाई फाल्न लोकतान्त्रिक विधि नै अपनाउनुपर्छ। त्यो लोकतान्त्रिक विधि भित्र मानिसहरूले चेतनास्तर उठाएर भिडको लागि भिडले केही गर्दैन। राजनीति परिवर्तनका लागि अब मतदाताले विवेक प्रयोग गर्नुपर्छ। पुरानासँगै नयाँ दलमा पनि खतरा देखिएको छ। रवि लामिछाने जस्ता मानिसहरू जो आफैमा खराब छन्। जो सत्ता प्राप्तिको भन्दा अरु उद्देश्य नै राख्दैनन्। त्यस्ता मानिसहरू फेरि सत्तामा आएपछि मुलुकको समस्या झन् चर्को हुनेहुन्छ। नयाँ दलले सत्तामा पुगेर सत्ताको दुरुपयोग अझ गर्ने खतरा देखिन्छ।

हामीसँग नागरिकहरु भएनन्। सबै कार्यकर्ता मात्र भए। यो परिस्थितिबाट मुलुक कति समयसम्म थेग्न सक्छ ?
यसको कुनै सीमा हुँदैन। म आफै पनि पाँच वर्ष सडकमा आएँ। हामीबाट कमजोरी भए। तर मुलत हामीले समाजका यिनै समस्याहरूलाई उठाएका थियौँ। हामीले इलेक्ट्रिक सिस्टमका कुरा, भ्रष्टाचार, सुशासन, सामाजिक एकीकरणका कुराहरू उठाएका थियौँ। आज हामीले उठाएका मुद्दाहरू ठिक रहेछन् भन्ने चाहिँ भएको छ। तर म आफै सडकमा छैन किनभने मानिसहरूले साथ दिएनन्। मानिसहरू इमोसनल छन्। बहकाउने कुरा गर्दा बहकिन्छन्। उसलाई जे लाग्छ त्यही नै सत्य ठान्छन्। आफूलाई लागेको कुरा सत्य हो या होइन भनेर भन्दैनन्।

अहिले प्रदेशदेखि संघसम्म राजनीति भनेको बाँडीचुडी खाने खेल मात्र भएको छ। खान पाए सबै मिल्ने स्थिति छ। सबैले २०८४ मिसन भनेका छन्। तपाईं के देख्नुहुन्छ ?
मिसन २०८४ सबैको लागि भनेर नारा बनेको छ। त्यो समयसम्ममा हामी के गर्छौ भनेर योजना छैन। २०८४ मा मलाई भोट दिनुहोस् है मैले जित्नु पर्छ भन्ने मात्र छ। सबै दलले नागरिकलाई भावनात्मक बनाएका छन्। सत्तामा पुगेपछि के के न गर्छु भनेका छन्। तर यो सत्तामा पुग्ने दाउपेच मात्र हो। देश बनाउने योजना कसैसँग छैन।

एउटा राजनीतिक शक्तिले धार्मिक र सांस्कृतिक हिसाबबाट राजा चाहिन्छ भनिराखेको छ। त्यो शक्ति नेपालमा कुनै भीड भन्दा पनि भिजन लिएर आउने देख्नु हुन्छ ?
मैले आफैले पनि राजसंस्थाको वकालत गरेको हुँ। म अहिले पनि एउटा लेबलमा राजनीति नगर्ने संसद् भित्र बस्ने सेरिमोनियल हेडको रूपमा राजसंस्था चाहिन्छ भन्ने पक्षमा छु। राजा भनेको राजनीति गर्ने संस्था होइन। यो देशलाई डोहोर्याउने राजनेता चाहिएको छ। फेरि त्यो बन्ने अभिलासा राजामा देखिन्छ।

तर अहिले त नेता बन्न खोज्ने राजा भन्दा पनि राजा बन्न खोज्ने नेताहरू बढी बदनाम भइराखेका छन् नि ?
हो। हिजो राजा पावरमा हुँदा राजाले के गरे त्यही कुरा अहिलेका नेताले गर्न थालेका छन्। हिजो राजाको विरोध गरेका थिए आज तिनै मानिस नेताको विरोध गर्दैछन्। राजाले पनि हिजो मैले यो यो कुरामा गल्ती गरेँ भनेर भन्न सक्नुपर्यो। त्यो नभनी सत्तामा आउँदा हिजोको जस्तै द्वन्द्वमा मुलुक जान्छ। गल्ती गरेको कुरा अहिलेका नेताले पनि स्वीकार गर्दैनन्। यही ढंगले राजनीति अगाडि बढे देश सही दिशामा अगाडि जान सक्दैन।

नेतामा भिजन नभएको किन ?
राजाको भूमिका राजा आफै पनि संयीयता भाग्यवादमा विश्वास गर्छन्। राजनीतिक दलप्रति मानिसहरूको विकर्षण हुन्छ। मानिसहरूले नै राजनीतिक दलहरू र नेताहरूलाई श्रीलङ्कामा जस्तै ढुङ्गा हान्न थाल्छन्। विकल्प म नै हुँ म आइहाल्छु भन्ने उनको भाग्यवादी सोचाइ छ। जुन गलत हो।

नेताहरूको कुरामा जे गरे पनि राजा आउने होइन। हाम्रो विकल्प छैन। हामीले नै बाँडीचुडी खाने हो भन्ने छ। यो किसिमको सङ्घीयता र निरियपना अहिलेको चुनौती हो।

अहिले युवाहरू खाडीमा भाग्य खोज्दै गएका छन्। विद्यार्थी कुन देशमा भविष्य राम्रो हुन्छ भन्ने अवस्थामा छन्। यो अवस्थामा नयाँ विकल्प केही जन्मिन सक्छ ?
त्यो जरुरी छ। तर जो विकल्प दिन्छु भन्नेहरू नै खराब छन्। उनीहरू एक ठाउँमा आउन पनि सक्दैनन्। उनीहरू विकल्पको लागि काम गर्नसक्दैनन्। म विकल्प हुँ भन्नेसँग पनि भिजन छैन। त्यसैले अहिले देश ठुलो चुनौतीको पहाडमा छ। त्यसका लागि तत्काल विकल्प देखिएको छैन।

हरेक चुनावले अवसरवादी झुण्डलाई मात्र अगाडि ल्याएको छ। हाम्रो समाज र लोकतन्त्रको नाममा हामी कति समयसम्म यसरी लज्जित भएर बस्ने ?
जबसम्म मानिसहरूले विवेक, बुद्धिमता, निष्पक्षता र स्वतन्त्रताका आधारमा उसले निर्णय गर्न सक्दैन तबसम्म यस्तै हुन्छ। यसका लागि नागरिक शिक्षित बन्नुपर्छ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : १३ बजे

Nepatop

ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’

काठमाडौँ– ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि

‘उखु किसानको पलायन रोक्नुपर्छ’

जनकपुरधाम– मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ– नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा.

आईपीएलमा उत्कृष्ट प्रदर्शनको आशा गरिएका खेलाडीहरू

भारतको बहुप्रतिक्षित आईपीएल अर्को महिना सुरु हुँदैछ । विश्वका फ्रेन्चाइज

काया फेरिएकी नुमा भन्छिन्– अपमानको आँसुलाई हाँसोमा बदलेँ

विराटनगर– लिम्बू भाषामा ‘नुमा’ भनेको सुन्दर हो । तर यौनिक