भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण  « Khabarhub

भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण 


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताएका छन् ।

उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा संकलन गरेर भवन निर्माण गरिएको बताए। उनले भने, ‘पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप गर्‍यौँ ।’ शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी (बहिरङ्ग विभाग), बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुनेछ । अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उनले जानकारी दिए। उनले भने, ‘हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौँ, ती सामग्री छिट्टै आउँदैछन्’, ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरूले तिर्नुपर्ने उनको भनाइ छ ।

तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उनले जानकारी दिए। नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । विसं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो । 

मुख्य अस्पताल भरतपुर महानगरपालिका–१० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेन्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।

उनका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ ।

अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ११ : ०२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका