कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना « Khabarhub

कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडा दशैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र  ‘क्यास अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।       

नेपाली बैंकिङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको कुमारी बैंक लिमिटेडको क्यास अफर योजनाले महान चाड दशैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५%  अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक दिइने छ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरू आगामी  कार्तिक ६ देखी  कार्तिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । साथै, कुमारी बैंक लिमिटेडले बडा दशैँ को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरूलाई थप आकर्षक सुविधा सहित  ‘क्यास अफर’ सँगै ‘बडा दशैँ दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ  मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलो १४०० जना ग्राहकहरूलाई बैंकद्वारा रु ५०क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्यनतम कारोबार रु १०० हुनुपर्नेछ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो वृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ११ : १४ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२