गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो | Khabarhub Khabarhub

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। 

चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ। 

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो।

छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । अस्पताल पुगेलगत्तै उनको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ११ : ४८ बजे

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १७ गते) आइतबारका

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै

आज २०८० साल मंसिर १७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १७ गते आइतबार। ज्योतिष

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको