गाजा चर्चमा भएको इजरायली आक्रमणमा थुप्रैको मृत्यु भएको छ : हमास « Khabarhub

गाजा चर्चमा भएको इजरायली आक्रमणमा थुप्रैको मृत्यु भएको छ : हमास


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– बिहीबार अबेर भएको इजरायली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार गाजा शहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो सङ्ख्यामा सहित र घाइते’ भएका छन् । प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्यालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्रै गाजाबासीले शरण लिएको चर्चनजिकै लक्षित गरी हमला गरेको देखिन्छ । 

इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले इजराइलतर्फ रकेट र मोर्टार प्रक्षेपणमा संलग्न कमान्ड र कन्ट्रोल सेन्टरलाई लक्षित गरी आफ्ना लडाकु विमानले आक्रमण गरेको बताएको छ । ‘आईडीएफले गरेको हमलाबाट एउटा चर्चको पर्खाल क्षतिग्रस्त भएको छ, हामी हताहतको रिपोर्टबारे सचेत छौँ, घटनाको समीक्षा गरिरहेका छौँ’, आईडीएफले भनेको छ । 

प्रत्यक्षदर्शीहरूले आक्रमणमा चर्चको बाहिरी भाग क्षतिग्रस्त भएको र छेउको एउटा भवन भत्किएको भन्दै घाइते धेरैलाई अस्पताल लगिएको बताएका छन् । 

पोरफाइरस अझै पनि सञ्चालनमा आएको गाजामा सबैभन्दा पुरानो चर्च हो । जेरुसेलमको अर्थोडक्स प्रमुखले आफ्नो चर्च परिसरमा भएको हमलाको ‘कडा निन्दा’ गरेका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार