राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने « Khabarhub

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा– मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चवती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले  उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन् । 

जिल्लामा व्याप्त बेरोजगारी, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफूहरूले भोग्नु परेका असहजता, कृषि, सिँचाइलगायत विषयमा सहभागीले गुनासो राखेका थिए । 

नागरिकका गुनासोहरूको सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामसरोज प्रसाद यादवले आफूले विकास समितिमा तथा प्रदेशसभामा नागरिकका गुनासोहरू उठाउने तथा सम्बोधन गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी मन्दिरलगायत पर्यटकीय क्षेत्र सलहेस, कमलदह, बाबाताल, हात्तीदहलाई विधेयकमा समेटिने जानकारी दिए।

कार्यक्रममा विकास समितिका सांसदहरू रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी र शम्भुकुमार साहको उपस्थिति थियो । उनीहरुले सिँचाई, कृषिको आधुनिकीकरण र व्यवसायिकरण, विद्युतीकरण, चुरे संरक्षणलगायत विषयमा तीन तहको सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड् दिएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ३६ बजे

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने