बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण « Khabarhub

बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेको एक सामुदायिक वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा आन्तरिक करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको संकेत देखिएको छ ।  

बाघले कुनै पनि विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको पशु चिकित्सक डा श्रेष्ठले जानकारी दिए। ‘उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशंकामा शवपरीक्षण गरिएको थियो, तर परीक्षणमा बाघको मृत्यु मानिसले मारेको नभई आफ्नै केही रोग र भोकका कारणले मरेको देखिएको छ’, डा श्रेष्ठले भने। 

जङ्गलमा पानीको खाडल नजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोकोजस्तो देखिने, मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृतावस्थामा फेला परेको जनाइएको छ । 

मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार बाघको मृत शरीरबाट नमूनाहरू संकलन गरेर परीक्षण गरिएको थियो । संकलन गरिएका नमूनाहरूको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिए।

गत असोज १० गते बाँकेको राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएको थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ०८ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले