हल गोरु पाल्ने किसानलाई गाउँपालिकाको अनुदान « Khabarhub

हल गोरु पाल्ने किसानलाई गाउँपालिकाको अनुदान


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’ अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई रू १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।

वडा नं १ का एक सय चारलाई रू चार लाख १६ हजार, वडा नं २ का २९ लाई रू एक लाख १६ हजार, ३ का नौ जनालाई रू ३६ हजार, ४ का ४२ लाई रू एक लाख ६८ हजार, ५ का ५३ जनालाई रू दुई लाख १२ हजार, ६ नं वडाका ७१ लाई रू दुई लाख ८४ हजार र ७ नं का ५९ लाई रू दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिए। उनले भने, “वडाबाट प्राप्त विवरणको आधारमा वडागतरूपमा लाभान्वित हुने कृषकका लागि दसैँमा रकम प्रदान गर्ने योजनाबमोजिम उक्त रकम वितरण गरिएको हो ।” 

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो । गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत रू १० लाख वितरण गरेको थियो । त्यतिबेला हल गोरु पाल्ने किसानको सङ्ख्या दुई सय ५० थियो । उनका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन् ।

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उनको भनाइ थियो । 

‘गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रोत्साहन रकमले गोरु पाल्ने किसान अझै बढ्ने विश्वास गरेका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।’ गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई आग्रह गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ११ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा