असन र न्यूरोडमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु « Khabarhub

असन र न्यूरोडमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीको असन र न्यूरोड क्षेत्रमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु भएको छ । बिरामी अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएको खबर पाएपछि उनीहरुलाई वीर अस्पताल लगिएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिञ्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी छन् भने अर्का अन्दाजी ३५ वर्षका युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरु ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमा बसोबास गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ५३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५