असन र न्यूरोडमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु | Khabarhub Khabarhub

असन र न्यूरोडमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीको असन र न्यूरोड क्षेत्रमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु भएको छ । बिरामी अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएको खबर पाएपछि उनीहरुलाई वीर अस्पताल लगिएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिञ्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी छन् भने अर्का अन्दाजी ३५ वर्षका युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरु ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमा बसोबास गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ५३ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व