प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा « Khabarhub

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छिन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन् ।

नेपाली कांग्रेसकी नेतृ  डा राणाले नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको बताइन् ।

उनले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गरिन् । नेपाल जैविध विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ । हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पती र जीवहरु छन् । जुन विश्वमा उपलब्ध जैविक विविधताको एक दशमलव तीन प्रतिशत हिस्सा हो ।

अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरुको कमजोर कार्यान्वयन, दिगोपनारहितको मानवीय गतिविधिलगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषिलगायतका क्षेत्रमा असर परेको उनको भनाइ छ ।

उनले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । साथै उनले विकास तथा प्रकृति संरक्षणका क्षेत्रमा एकीकृत, समावेशी र समन्वयात्मक कार्यक्रम सञ्चालन गरी जलवायु परिवर्तनका कारण परेको प्रभावको अनुसन्धान र यसको हानी न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अपनाउन नेपाल सरकारलाई सुझाव पनि दिइन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ०७ बजे

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत

सप्तरीमा नौ महिनामा थपिए एक हजार २६ मतदाता

सप्तरी- सप्तरीमा पछिल्लो नौ महिनाको अवधिमा एक हजार २६ जना

नियमित प्रहरी गस्तीमा ९ जिल्लाबाट १७ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका नौ जिल्लाबाट

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा 

काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा

युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद

काठमाडौँ – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अति दक्षिणपन्थी नेतृ मरिन