युक्रेनले लडाकु विमान प्राप्त गर्दै « Khabarhub

युक्रेनले लडाकु विमान प्राप्त गर्दै


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् ।

“मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि युक्रेनले एफ–१६ जेटहरु प्राप्त गर्ने उनले बताए ।

गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले  बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिएका थिए । नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउन  एफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए ।

यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायी रूपमा एटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्मले बिहीबार विदेशमन्त्री कुलेबालाई उद्धत गर्दै उक्त कुरा बताएको हो ।

युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी  राष्ट्रपति  जो बाइडेनबीच भएको कुलेबाले बताए । “सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भने ।

एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : १२ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि