पाकिस्तानभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने अधिकारकर्मीको माग « Khabarhub

पाकिस्तानभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने अधिकारकर्मीको माग


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तामा महिला अधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरुले मुलुकभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने माग गरेका छन् । पाकिस्तानका विभिन्न प्रान्तहरुमा विवाह गर्नका लागि न्यूनतम उमेर फरक फरक रहेको भन्दै उनीहरुले यसलाई समान बनाउनुपर्ने बताएका हुन् ।

पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानको महिला आयोगकी अध्यक्ष निलोफर बख्तियारले मुलुकका सबै प्रान्त र सबै धर्म मान्नेलाई मान्य हुने व्यवस्था हुनुपर्ने बताइन् ।

‘पाकिस्तानमा महिलाका लागि विवाहको न्यूनतम उमेर १८ वर्ष हुनुपर्छ भन्ने मेरो सुझाव हो, तर पञ्जाब र अन्य केही प्रान्तहरुमा यो उमेर १६ वर्ष रहेको छ । न्यूनमत उमेर इसाई र पारसी धर्ममा पनि फरक छ । दुर्भाग्यवश मुलुकमा बालविवाह न्यूनीकरणका लागि ५ पटक विधेयक प्रस्तुत भएका छन् तर कुनै पनि अघि बढेका छैनन् ।’ उनले भनिन् ।

सबैलाई मान्य हुनेगरी विधेयक संशोधन गर्न आफू प्रयासरत रहेको उनको भनाइ छ । उनले बालविवाह न्यूनीकरण गर्ने विधेयक पारित गर्न मुलुकमा रहेका धार्मिक शक्तिले भाँजो हाल्ने गरेकोसमेत आरोप लगाइन् ।

त्यसबाहेक मुलुकमा व्याप्त आर्थिक एवम् सामाजिक समस्याका कारण दशौँ लाख बालिकाहरु विद्यालय आउन नसकेको उनले बताइन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ४९ बजे

हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित 

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउँदै

काठमाडौं– यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

काठमाडौं– प्रतिनिधिसभा बैठकले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि

मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन

चितवन– बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज