मकवानपुर राजस्व कार्यालयद्वारा छ अर्ब ६० करोड असुली | Khabarhub Khabarhub

मकवानपुर राजस्व कार्यालयद्वारा छ अर्ब ६० करोड असुली


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ ।

यसैगरी, आयकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ भने रु दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा छ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत रु सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।

अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा रु ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले राससलाई जानकारी दिए । उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ३९ बजे

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

बैतडी– नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

काठमाडौँ– अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर– कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले

रियल मड्रिडसँग नापोली पराजित

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड विजयी भएको छ ।

आखिर नरुने को छ र !

जीवनमा साधारण मानिस मात्र होइन, ख्याति कमाएका महापुरुष पनि बलिन्द्रधारा