रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत « Khabarhub

रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रोम- भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति भएको हो ।

दुई मन्त्रीहरुबीच रक्षा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्ने विषयमा सहमति भएको भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

दुई मन्त्रीबीच भएको छलफलमा रक्षा साझेदारी, प्रशिक्षण कार्यक्रम, सूचना आदान प्रदान, संयुक्त नौसैनिक अभ्यासजस्ता क्षेत्रमा हातेमालो गर्ने सहमति बनेको छ ।

त्यसबाहेक दुई मन्त्रीबीच रक्षा उद्योगका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति बनेको छ ।

मन्त्रीहरुबीच दुई मुलुकबीच द्विपक्षीय सहकार्य, सुरक्षा एवम् रक्षा नीति, शोध एवम् विकास साझेदारी, सैन्य शिक्षाजस्ता क्षेत्रमा पनि सहकार्य गर्न सहमति जुटेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल