उडेको जहाजमा जन्मने शिशु कुन देशको नागरिक हुन्छ ? « Khabarhub

उडेको जहाजमा जन्मने शिशु कुन देशको नागरिक हुन्छ ?


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय उडानमा गर्भवती महिलाले बच्चालाई जन्म दिनु निकै दुर्लभ घटना मानिन्छ । यदि केही गरी गर्भवती महिलाले यस्तो उडानमा बच्चालाई जन्म दिइन भने त्यो अवस्थामा के होला भन्ने विषयमा विभिन्न तर्क कुतर्क प्रचलनमा छन । बच्चाको राष्ट्रियताबारे विभिन्न मुलुकका आ–आफ्नै सिद्धान्त रहेका छन् ।

उदाहरणका लागि अमेरिकी आकाशमा कोही बच्चाको जन्म हुन्छ भने त्यस बच्चालाई स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने हक हुन्छ । किनभने नागरिकतासम्बन्धी अमेरिकी सिद्धान्त जुल सोली अर्थात् ‘माटोको अधिकार’ मा आधारित रहेको छ । यसमा अमेरिकी आकाश र अमेरिकी जलक्षेत्र पनि समावेश रहेको छ ।

अमेरिकी काननुअनुसार अमेरिकी माटोमा जन्मने जो कोहीले राष्ट्रपतिमा चुनाव लड्ने सम्मको हैसियत प्राप्त गर्छ । विश्वमा विभिन्न मुलुकहरुको नागरिक प्रदानगर्ने पद्दती फरक–फरक हुन्छ । केही मुलुकहरुले नागरिकताका लागि बच्चाको जन्म भएको स्थान (जुस सोली) लाई प्राथमिकता दिन्छन् भने केही मुलुकहरुले बच्चाको मातापिताको नागरिकता (जुस सान्गुइनिस) लाई बैधानिकता दिन्छन् ।

त्यसविपरीत केही मुलुकहरुले नागरिकताका लागि जुस सान्गुइनिस अर्थात् ‘रगतको अधिकार’ सिद्धान्त अपनाएका छन् । यसअनुसार नागरिकता भएका आमाबाबुबाट जन्मेको बच्चाले मात्रै त्यस मुलुकको नागरिकता दाबी गर्न सक्छ । उदाहरणका लागि बेलायती भूमिमा गैर बेलायती आमाबाबुबाट जन्मेको बच्चालाई बेलायती नागरिकता स्वतः दाबी गर्ने हक हुँदैन । बेलायती नागरिकता वा बेलायतमै रहने अधिकारप्राप्त आमाबाबुबाट जन्मेको बच्चाले मात्रै बेलायती नागरिकतामा अधिकार जमाउन सक्छ ।

यता, अर्जेन्टिना, ब्राजिल, मेक्सिको जस्ता मुलुकले आफ्नो हवाई क्षेत्रमा जन्मेका बच्चालाई जन्मसिद्ध नागरिकता प्रदान गर्दछन् । अब प्रश्न उठ्छ, अन्तर्राष्ट्रिय आकाशमा वा कुनै मुलुकको सार्वभौमिकता नपर्ने हवाई क्षेत्रमा जन्मेको बच्चाको नागरिकता चाहीँ के हुन्छ ? यसमा उडान भरिरहेको जहाज कुन मुलुकमा दर्ता भएको हो, त्यसमा निर्भर हुन्छ । आकाशमा उडान भर्ने हरेक जहाज कुनै न कुनै मुलुकमा दर्ता भएका हुन्छन् ।

राष्ट्रियता विहीनता घटाउने संयुक्त राष्ट्रसंघीय अभिसन्धिअनुसार अन्तर्राष्ट्रिय उडानमा जन्मेको बच्चा राष्ट्रियताविहीन हुने अवस्था आएको खण्डमा उडान भरेको जहाज जुन मुलुकमा दर्ता भएको हो, उक्त बच्चाले त्यही मुलुकको नागरिकता प्राप्त गर्दछ ।

अन्तर्राष्ट्रिय नियम कानुन जे जस्तो भएपनि अन्तर्राष्ट्रिय उडानमा बच्चाको जन्म हुनु निकै दुर्लभ घटना हो । अधिकांश हवाई सेवा कम्पनीहरुले सुत्केरी हुन लागेका गर्भवती महिलाहरुलाई उडान भर्न बन्देज लगाएका छन् । एक शताब्दीको रेकर्डमा उडिरहेको जहाजमा केबल ७५ जना बच्चाको मात्रै जन्म भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ३ : १३ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान