देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना | Khabarhub Khabarhub

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ । 

विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो ।

दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने जनाएको छ । 

आज बिहान ६ बजेर २८ मिनेटमा सूर्योदय हुनेछ भने साँझ ५ बजेर १० मिनेटमा सूर्यास्त हुनेछ । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : १० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु