नशा फुल्ने समस्या र यसको उपचार | Khabarhub Khabarhub

नशा फुल्ने समस्या र यसको उपचार


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम बढेसँगै धेरै मानिसलाई नशा फुल्ने समस्याले सताउने गर्छ । कृषक, शिक्षक, सुरक्षाकर्मीलगायत पेशामा संलग्न मानिसलाई नशा फुल्ने समस्याले सताउने गरेको देखिन्छ। मोटोपन, गर्भावस्था, वंशाणुगत र कब्जियतका कारणले पनि यो समस्या हुने विभिन्न अध्ययनले देखाएको छ। यो कस्तो समस्या हो ? यसबाट विशेष गरेर चिसो समयमा कसरी बच्न सकिन्छ ? यसै विषयमा आधारित रहेर खबरहबका लागि डा. माधव विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसो बढेपछि नशा फुल्ने समस्या किन देखा पर्दछ ?
यो समस्यामा धेरै आत्तिनु पर्दैन। यो हेर्दा मात्र नराम्रो देखिने हो। धेरै नै बढ्दै गयो भने सर्दै जाने र घाउहरू हुने हुनसक्छ। नशा फुल्ने समस्या भनेको खुट्टाको बाहिरी नशा जसले रगत माथितिर लैजान्छ। त्यो फुल्छ चिसो बढेपछि मात्र फुल्ने होइन। तर, जुन माथितिर रगत लैजाने नशा हुन्छ। त्यो नशामा भल्ब हुन्छ। त्यो केही कारण बस भल्ब ड्यामेज भयो भने नशा फुल्ने हुन्छ। हेर्दा पनि नराम्रो देखिन्छ। जो मान्छे धेरै उभिने काम गर्दछन् उनीहरुमा यो समस्या बढी हुन्छ। जस्तो बसको सहचालक, सर्जन, सुरक्षाकर्मी, शिक्षक जो लामो समय उभिनु पर्ने भएकाले यो समस्या हुनसक्छ। महिनावारी हुँदा पनि शरीरको सम्पूर्ण भाग कमजोर हुने हुँदा नशा सुनिने हुन्छ।

यो समस्या खुट्टामा किन बढी हुने हो ?
खुट्टा हाम्रो शरीरको सबै भन्दा मुनिको भाग भएको कारणले रगत तलबाट माथि आउनु पर्दछ। ग्राभिटीले गर्दा भल्ब बन्द हुँदै माथिमाथि सर्दै रगतमाथि आउँछ। त्यस कारण यो समस्या खुट्टामा देखिन्छ।

यो युवामा किन बढी देखिन्छ ?
यो युवा अवस्थामा धेरै देखिन्छ। किनभने यो उमेरमा धेरै उभिएर काम गर्नुपर्ने हुन्छ। बुढा बुढीमा पनि कमजोरीको कारणले यो समस्या देखिन्छ।

यो समस्या महिलामा किन बढी हुन्छ ?
पुरुषमा पनि यो समस्या हुने गर्छ। तर महिलामा हर्मनको कारणले नशा फुल्ने हुनसक्छ। गर्भ अवस्थामा पनि कमजोरी भएको कारणले नशा फुल्न सक्छन्।

यसको समयमा उपचार भएन भने पछाडि कस्तो जोखिम निम्तिन्छ ?
यसले धेरै केही हानी गर्दैन। कुनै खतरा पनि हुँदैन। तर पनि मानिसले अहिले जागरूक भएर चाँडो चाँडो उपचार गर्दै आएका छन्। यसको उपचार गर्दा बाहिरी नशा निकालिन्छ। लेजर प्रविधिबाट पनि भल्बहरू निकाल्न सकिन्छ। विभिन्न प्रविधिको प्रयोगले अहिले यसको उपचार सजिलो भएको छ। त्यसैले यसको उपचार सहज र सबैको पहुँचमा छ।

यो समस्या एक पटक देखियो भने अर्को खुट्टामा त्यो समस्या देखिन्छ कि देखिँदैन ?
यो सुरुमा नै सबैमा एकै पटक हुन्छ। एउटामा निकालेर फालेपछि अर्कोमा सर्ने सम्भावना कम हुन्छ। एक पटकमा नै सबै निकालेर फालिन्छ।

यो समस्या वंशाणुगत रूपमा आउने सम्भावना कत्तिको रहन्छ ?
जन्मँदा नै नशा कमजोर तरिकाले बन्यो भने यस्तो समस्या हुन्छ। जो मान्छेमा पायल्सको समस्या हुन्छ त्यस्तो मान्छेमा यो समस्या हुन्छ। भित्र हुने पायल्स हो र बाहिर हुने यो समस्या हो। रगतको नशा बन्दा नै कमजोर तरिकाले बन्यो भने पायल्स हुने सम्भावना पनि धेरै हुन्छ।

यस्तो समस्या नै नहोस् भनेर के के कुरामा ध्यान दिने ?
जाडो मौसममा मुटु रोगीको मुटुको नशा खुम्चिने हुन्छ। यो मौसममा बिहान मुटुको रोगीले बिहानै हिँड्नु हुँदैन। घाम लागेपछि मात्र आफूले सकेको जति हिँड्ने गर्नुपर्छ। धेरै उभिने, चिसोमा धेरै बस्ने काम पनि गर्नु हुँदैन। एकै ठाउँमा धेरै उभिएर काम गर्नु हुँदैन। उभिनु पर्दा खुट्टालाई चलाउनुपर्छ। यसरी खुट्टा चलाउँदा तलको रगत सहज गरी माथि जान सहयोग पुग्छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ०१ बजे

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १