देश बनाउन नीतिगत भ्रष्टाचार रोक्नुपर्छ | Khabarhub Khabarhub

देश बनाउन नीतिगत भ्रष्टाचार रोक्नुपर्छ

‘कूटनीतिक व्यवस्थापन नभए हामीलाई खतरा छ’



नेपाल जस्तो देशको लागि आजको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कूटनीति हो। सही ढंगले कूटनीतिलाई व्यवस्थापन गर्न सकियो भने त्यसले हाम्रो समग्र संरचनामा प्रभाव पार्छ। थोरै तलमाथि भयो भने भोलि हाम्रो अस्तित्व नै खतरामा पर्नसक्ने स्थिति छ। हामीले कुरा गर्दा क्रस बोर्डर वा ट्रेडमा सन्तुलित ढंगले अगाडि बढ्नुपर्छ। दक्षिण र उत्तर दुवै बोर्डर हामी सेयर गर्छौँ। त्यसमा बरेमा ध्यान दिनुपर्छ।

तीन वटा घटनाले हामी कहाँ छौँ भन्ने कुरालाई देखाउँछ। एउटा सुन घोटाला (गोल्ड स्क्याम) हाम्रो सुरक्षा वा पूर्वाधार जे भने पनि त्यसले देखाएको छ। अर्को सीमा समस्या छन्। पाकिस्तानी एक महिला नेपालमा आएर बसेर भारत गएर जुन तहल्का मच्चाइन हामीले त्यो पनि ध्यान दिनुपर्छ। इन्डियन एयरलाइन्सको अपहरणको विषयलाई हामीले हल्का ढङ्गले लिएका छौँ। तर यो विषय गम्भीर नै हो। बोर्डरको सवालमा हामीलाई अवसर हो कि चुनौती हो। यसलाई कसरी लिने भन्ने हाम्रो महत्त्वपूर्ण विषय हो।

हामीले कूटनीतिको कुरा गर्दा हाम्रो विश्वसनीयता नै दिन प्रतिदिन नै लचिलो हुँदै छ। हाम्रो केही वक्ता भारतमा जाँदा तिमीहरूको आवश्यकता यत्ति हो, आयात यति, निर्यात यत्ति हो भन्ने कुरा गर्याे। यसले विश्वसनीयता के हो भन्ने कुरा देखाउँछ।

सानो जनसंख्या भएको इजरायलीहरूमा देशप्रतिको भावना छ । उनीहरु विश्वभरिबाट आफ्नो अस्तित्व बचाउनको लागि लड्न आउँदै छन्। यदि त्यस्तो नागरिक भइदियो भने क्रसबोर्डरको चिन्ता गर्नुपर्दैन।

त्यसैले यसलाई हामीले एकदम एउटा कोणबाट मात्र बहस गरेर सकिँदैन। यो एउटा होल नेसनसँग जोडिएको विषय हो। आज हाम्रो राष्ट्रिय इच्छा र राष्ट्रिय क्षमतालाई हामीले कसरी बढाउने ? त्यसका लागि पूर्वाधारको आवश्यकता हुन्छ। सँगसँगै म्यानपावरको पनि कुरा आउँछ।

बोर्डर छेउमा बस्ने नेपालीको कुरा गर्दा। यहाँ इजरायल र हमासको घटनालाई हेर्नुपर्छ। सानो जनसंख्या भएको इजरायलीहरूमा देशप्रतिको भावना छ । उनीहरु विश्वभरिबाट आफ्नो अस्तित्व बचाउनको लागि लड्न आउँदै छन्। यदि त्यस्तो नागरिक भइदियो भने क्रसबोर्डरको चिन्ता गर्नुपर्दैन। त्यो बनाउनको लागि के गर्ने त ? यसमा पनि विचार गर्नुपर्छ।

राष्ट्रप्रतिको भाव मान्छेमा कसरी जगाउने ? यो नै अहिलेको ठुलो विषय हो। हाम्रो अर्थतन्त्र नै आयातमा आधारित छ। हामी राजस्वमा चलिरहेका छौँ। चिन्ता पनि त्यसैमा गरिरहेका छौँ। जबसम्म हामी आन्तरिक उत्पादनलाई बढाउँदैनौँ तबसम्म अर्थतन्त्र उकास्न सकिँदैन। आयातलाई नियन्त्रण गरेर आर्थिक उत्पादनलाई बढाउनुपर्ने अहिलेको आवश्यकता हो।

हामी रेमिट्यान्समा आधारित अर्थतन्त्र भन्छौँ । हामीले यस्ता छलफलमा आर्थिक कूटनीतिलाई केन्द्रित गर्नुपर्छ। त्यो पनि के विषयमा केन्द्रित हुनुपर्छ भनेर सोच्नुपर्छ। हामी एकातिर पर्यटन बढाउने भन्छौँ, पर्यटनले हाम्रो अर्थतन्त्रलाई धान्छ पनि भन्छौँ। तर भारतबाट एउटा पर्यटक आउँदा २५ हजार भन्दा बढी ल्याउन नदिने भन्छौँ। त्यो भन्दा बढी पैसा ल्यायो भने बोर्डरमा समातिने कुरा छ। यो शैलीले कसरी पर्यटक बढ्छन् ?

भारतीय पर्यटकले खर्च गर्ने क्षमता बढाएर पाँच लाख पुर्याउन सक्छन्। भारतीय पर्यटकले साउथ एसियामा खर्च गर्ने हैसियत बढाएका छन्। नेपालमा आएर पाँच लाख रुपैयाँ नेपालमा आएर खर्च गर्छु भन्यो भने के गर्ने ? यो हाम्रो कस्तो नीति हो। नीति चाहिँ यस्तो बनाएर हामीले पर्यटकलाई नेपाल आउनुहोस् भन्नु हुँदैन।

अर्को, विदेशीसँग हामी १० गुणा बढी शुल्क लिन्छौं। यो अनैतिक कुरा हो। हामी नीति नै बनाएर मुलुकलाई कमजोर बनाउने अवस्थामा छौं। नेपालीहरू कमजोर हुन् भन्ने देखाउने नीति हामीले बनाएका छौं। एक नेपाली अमेरिका गयो भने अमेरिकन र नेपालीले एउटै शुल्क तिर्दा हुन्छ। तर एउटा अमेरिकन नागरिक नेपालमा आयो भने फरक फरक भाडा तिर्नुपर्ने अवस्था छ। यो नैतिक कुरा हो त ? यो गम्भीर विषय छ। यो चिन्ताको विषय हो।

मेरो विचारमा यो समयलाई अब हामी नयाँ ढंगले रिफर्म गरेर अगाडि बढ्नु आवश्यक छ। यही टालटुले गफ गरेर परराष्ट्र नीति बन्न सक्दैन। परराष्ट्र नीतिमा हामी कहाँ छौं र विश्व कहाँ छ भनेर हेर्नुपर्ने समय आएको छ।

अहिले सुपारी, मरीच कसरी पास गराउने भनेर संसदको उद्योग वाणिज्य समितिमा छलफल चलेको छ। यसमा हामी चुप बसेको छौँ। हाम्रो देशको मूल नेतृत्व नै त्यहीबाट आकर्षित छन्। हामी कुनै पनि अनुसन्धान गर्छौँ तर निष्कर्षमा पुग्न सक्दैनौं ? हामी भ्रष्टिकरणको बाटोमा छौं। यसले हाम्रो समस्यालाई प्रष्ट पारेको छ। अहिलेको हाम्रो क्षमता, विश्वसनीयता कति छ ? यो हाम्रो लागि चुनौती हो।

अहिले एउटा स्टन्टबाजहरु स्टन्टबाजीमा रमाइरहेको छन्। समग्र समाज नै एक प्रकारको अनैतिक भ्यालुजमा रमाएको छ। समाज नै भ्रष्टिकरणमा जाँदै छ। नेपालको राजनीतिमा यो एउटा पुस्तान्तरण र रुपान्तरणको समय पनि हो। त्यसैले समग्र नीतिदेखि लिएर संरचनागत सुधार तिर सबै विज्ञसँग छलफल गरेर जानुपर्ने अवस्था छ।

इजरायलको यो घटनाबाट नेपालीले पाठ सिक्नुपर्ने हो। हाम्रो हिन भावना छ। भारत र चीन ठुला छन् भन्छौँ । ठिक छ तुलना गर्दा त्यो भन्दा सानो छौँ। तर विश्वमा जनसंख्या र भूगोलको हिसाब गर्दा अरु देशभन्दा हामी पनि ठुलो देशका नागरिक हौं। तर हामी कहिल्यै पनि सकारात्मक हिसाब बाट कुरा गर्दैनौँ। त्यसैले मेरो विचारमा यो समयलाई अब हामी नयाँ ढंगले रिफर्म गरेर अगाडि बढ्नु आवश्यक छ। यही टालटुले गफ गरेर परराष्ट्र नीति बन्न सक्दैन। परराष्ट्र नीतिमा हामी कहाँ छौं र विश्व कहाँ छ भनेर हेर्नुपर्ने समय आएको छ।

राज्य कोष, राज्यको पैसा खाएर नीति बनाउने नै अनैतिक भइराखेका छन्। यसरी राज्य कोषलाई अनैतिक काममा केन्द्रित गर्नु भ्रष्टाचार हो। यो देशका लागि नीतिगत भ्रष्टाचार नै चुनौती बनेको छ।

हाम्रोमा आज क्यारियर कूटनीति भन्छौँ। परराष्ट्रको कुनै कर्मचारी अवकास हुन एक महिना बाँकी हुँदा उसलाई राजदूत बनाएर पठाउँछौँ। जीवनभर परराष्ट्र मन्त्रालयमा मुख्य ठाउँमा बसेको हुन्छ। परराष्ट्र मन्त्रालयको सबै आफ्नो अनुकूलमा काम हुने गरी अलिकति लाभ हुने ठाउँमा राजदूत बनाउँछौँ। जीवनभर गरेको कामको सुविधा उसले राज्यबाट लिइरहेको हुन्छ। यस्तो प्रकारको नीति निर्माण गरेर हामी देश बनाउँछौँ। यो अति भयो। देशमा भ्रष्टाचार नीतिगत हिसाबले भइराखेको छ। यसलाई नियन्त्रण गर्न बसेकाहरु चुपचाप छन्।

उनीहरूले नै आफ्नो अनुकूलतामा भ्रष्टाचारलाई बढवा दिएका छन्। त्यसैले राज्य कोष, राज्यको पैसा खाएर नीति बनाउने नै अनैतिक भइराखेका छन्। यसरी राज्य कोषलाई अनैतिक काममा केन्द्रित गर्नु भ्रष्टाचार हो। यो देशका लागि नीतिगत भ्रष्टाचार नै चुनौती बनेको छ।

(आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा जसपाका सांसद् तथा पूर्व मन्त्री राज किशोर यादवले राख्नुभएको धारणाको सम्पादित अंश )

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

सिमलताल पहिरोमा ज्यान गुमाएका विकका परिवारलाई दुई लाख सहयोग

चितवन– भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए

काठमाडौं– सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

गण्डकी– पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा

रिल बनाउने चक्करमा झरनाबाट खसेर एक युवतीले ज्यान गुमाइन् 

काठमाडौं– भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न