नेपाली विद्यार्थी विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको पुष्टि « Khabarhub

नेपाली विद्यार्थी विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको पुष्टि


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी विपिन जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी लगेको पुष्टि भएको जनाएको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गरी हमासले बन्धक बनाई गfजातर्फ लगेकाहरूमा विपिन पनि रहेको इजरायली डिफेन्स फोर्स (आईडिएफ) ले जनाएको उल्लेख गरेको छ ।

आईडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएका छन्को ।

विज्ञप्तिमा भनिएको छ, ‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।’

तर दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र उनी हालसम्म पनि सम्पर्कविहीन नै रहेको बताएको छ । दूतावासले विपिनको खोजी र उद्धारका लागि पहल भइरहेको जनाएको छ ।

यता, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने विपिन गाजास्थित एक अस्पतालमा स्वस्थ अवस्थामा रहेको खबर प्राप्त भएकाले यसबारेमा पुष्टि हुने आधार खोजिरहेको बताइन् । उनले विपिनको रिहाइका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिइन् ।

प्रवक्ता लम्सालले विपिनको अवस्थाकाे बारेमा वास्तविकता पत्ता लगाइ छिट्टै सूचना सार्वजनिक गर्ने बताइन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर