मदन पुरस्कार विजेता ओझालाई सम्मान « Khabarhub

मदन पुरस्कार विजेता ओझालाई सम्मान


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए । उनले ऐँठन उपन्यास महाभारत, विश्वयुद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए ।

‘मैले युद्धपछि पीडामा रहेकाहरुलाई देखेँ, भेटेँ, उनीहरुको मानसिक अवस्था विचलित भएको पाएँ’, उनी भन्छन्, ‘विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ । यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ । गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु ।’

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताए । ‘कष्ठकररुपमा बितेका पाँच वर्षपछि अहिले राहत महसुस भएको छ’, उनले भने ।

उनको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो । ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो । त्यो उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । ‘इतिहासमा साहित्यिक उपन्यासविरुद्ध यो पहिलो मुद्दा थियो’, लेखक ओझाले भने।

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए । ‘यो टीकापुरका लागि गौरवको कुरा हो, टीकापुरलाई नै पुरस्कृत गर्नुभएको छ’, उनले भने, ‘यस्ता सर्जकलाई हौसला दिनुपर्छ ।’

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उहाँले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : २८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ