माइतीघरमा ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरको प्रदर्शन (तस्विरहरु) « Khabarhub

माइतीघरमा ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरको प्रदर्शन (तस्विरहरु)


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरहरुले प्रतिबन्धको विरुद्धमा सोमबार माइतघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले टिकटक बन्द गर्न नहुने १२ बुँदे तर्क राख्दै माइतीघरमा जम्मा भएर सरकारलाई दबाब दिएका हुन् । 

साइबर क्राइममा टिकटक सात प्रतिशतमात्रै हिस्सेदार भएकोले नियमनको सट्टा प्रतिबन्धले कन्टेन्ट क्रिएटरको अधिकार खोसिएको टिकटकरहरुको तर्क छ । साइबर क्राइममा ८० प्रतिशत हिस्सेदार फेसबुक बन्द नगरी टिकटक बन्द गर्नु तर्कसंगत नभएको उनीहरुको भनाइ छ । 

प्रदर्शनमा सयौँको सङ्ख्यामा सामाजिक कन्टेन्ट क्रिएटरटिकटकमार्फत व्यवसाय प्रवर्द्धन गर्दै आएका व्यवसायीहरू सहभागी थिए । कमेडी भिडियो बनाएर चर्चामा आएका टिकटकर मनोज खत्री भन्छन्, ‘हामीले कमेडी भिडियो बनाउँदै केही समयमा मानवीय रुचिका कन्टेन्ट बनाउँथ्यौंतीनको प्रभाव राम्रो भएकाले सरकारले आफ्नो गल्ती ढाक छोप गर्न टिकटकमा प्रतिबन्ध लगायो । मेरो राष्ट्रपतिले दिएको आममाफीको विवादित विषयको कन्टेन्टको प्रभाव राम्रो थियो ।’

यस्तै विषयमा सरकारको कमजोरी र टिकटकको प्रभावलाई सरकारले थेग्न नसकेकाले प्रतिबन्ध लगाएको खत्रीको आरोप छ । प्रदर्शनमा उनीहरूले मेरो अधिकार खोइ, देशमै गरिखान देउ, टिकटक बन्द होइन सरकार भ्रष्टाचार बन्द गर, सर्वोच्च अदालत कहाँ छ?, टिकटक प्रतिबन्ध खारेज गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

टिकटक प्रतिबन्ध खारेज नभए अनिश्चितकालसम्म आफ्नो आन्दोलनलाई निरन्तरता दिने उनीहरूले चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ३८ बजे

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

रास्वपा समानुपातिक सूचीको एक नम्बरमा रहेका आचार्यले नाम फिर्ता लिने, प्रत्यक्ष लड्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। विशेष

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका