ग्रामीण सडकले मौलिक सम्पदा नासिँदै  « Khabarhub

ग्रामीण सडकले मौलिक सम्पदा नासिँदै 


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुँडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । 

बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । बागलुङका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ । 

ग्रामीण सडकले बस्ती त जोखिममा  पार्‍यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, भन्ज्याङ र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर ती सम्पदा हिजोआज देख्न पाइँदैन । विकासका नाममा भएको ‘डोजरे विकास’ले सबै सम्पदा नष्ट गरिदिएको छ । भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाइ दियो । बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला, ढोरपाटन र निसीखोलाबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे सडक निर्माण क्रममा ती सबै पुरिए । 

गाउँ–गाउँबाट एकै दिनमा सदरमुकाम आउन नसकिने र अहिलेको जस्तो ठाउँ-ठाउँमा बास बस्ने होटल हुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको ढोरपाटनका ८७ वर्षीय मकरबहादुर पुनले बताए। पहिले हप्ता दिन हिँडेर बागलुङ बजार आइपुग्ने जनाउँदै अहिले चार घण्टामै आउन सकिने भएको उनको भनाइ छ । गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै आउनु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको उनको गुनासो छ ।

मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको पुनको भनाइ छ । ‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरूले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ उनले भने ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन्, उति बेला हामीहरुले बनाएका चौपारी, बास बस्ने पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्ये, हिँडरै पुग्नुपथ्र्यो, बास बस्नका लागि होटल हुँदैनथ्ये, त्यही पाटी पौवामा बस्नुपथ्र्यो, अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपथ्र्यो ।’

स्थानीय वीरबहादुर बुढा मगरले बाउबाजेले बर पिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेको र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँचनै नभएको उनको भनाइ छ । तीन वर्ष अगाडिसम्म आफ्नो गाउँको विभिन्न ठाउँमा ११ वटा चौपारी र चार वटा सार्वजनिक ढुङ्गे धारा रहेकोमा अहिले सबै सडकले पुरिदिएको बताउनुभयो । सडक निर्माण गर्दा आफूले संरक्षण गर्न बने पनि कसैले नसुनेको बुढा मगरले गुनासो गरे ।

उनले भने ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर–घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, बर पिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्‍यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै धत्काई दिए ।’तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पूर्वाधार निर्माण गर्दा मौलाक सम्पदालाई संरक्षण हुने गरी काम गरिरहेको बताए।

अहिले पनि तमान खोलाका ठाउँ–ठाउँमा वर्षौँ पुराना मौलिक सम्पदा रहेको भन्दै गाउँपालिकाले पनि तिनीहरुको संरक्षणमा जोड दिएको अध्यक्ष बुढा मगरले बताए। आधुनिकतालाई अगाल्नुका साथै मौलिक सम्पदाको प्रवद्र्धन र संरक्षण आवश्यक रहेको उनको भनाइ छ । गाउँपालिकाले पुराना मौलिक सम्पदाको पुनःनिर्माणमा समेत ध्यान दिएको बुढा मगरले बताएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : १४ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर