गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन  « Khabarhub

गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन 


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ । 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन पूर्वमूख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन्  । सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक समेत बसेको छ ।  समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुधार गर्न अध्ययन गरेर प्रतिवेदन पेश गर्ने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताएका छन् ।

उक्त क्षेत्रमा अध्ययन गर्न पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजत्वमा नेपाल प्रहरी, विषयगत उपसमिति, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठको संयोजकत्वमा शसस्त्र प्रहरी बल उपसमिति, पूर्व सचिव शरद चन्द्र पौड्यालको संयोजकत्वमा अध्यागमन व्यवस्थापन उपसमिति गठन गरिएको छ भने पूर्व सचिव लक्ष्मीप्रसाद ढकाल संयोजकत्वको कारागार व्यवस्थापन उपसमिति र पूर्व सचिव शंकर प्रसाद कोइरालाको संयोजकत्वमा स्थानीय प्रशासन र सेवा प्रवाह उपसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले समृद्धिको लक्ष्यलाई गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउन सरकारले आवश्यक अध्ययन गर्ने र अध्ययन प्रतिवेदनलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताए ।

अध्ययन समितिलाई तीन महिनाको कार्यादेश दिइएको छ भने समिति र उपसमितिमा रहेका सदस्यहरूले स्वयंसेवकको रुपमा काम गर्ने श्रेष्ठले जानकारी दिए । गत कार्तिक २४ गते गृहमन्त्रालयले बिभिन्न क्षेत्रको कामहरूलाई अध्ययन गर्न समिति र उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।   

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ५६ बजे

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता

सचिवालयको स्पष्टीकरण : वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !

काठमाडौं – प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको सचिवालयमा श्रीमान श्रीमती नियुक्तिको

तस्बिरमा हेर्नुहोस्, जनकपुर र विराटनगरबीचको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स

उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा