फिफा विश्वकप छनोट : नेपालले भोलि यमनसँग खेल्ने | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : नेपालले भोलि यमनसँग खेल्ने


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाले जनाएको छ ।

छनोट खेलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जानकारी दिएको छ । यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । खेलको टिकट खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री हुनेछन् ।

खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको र ललितपुरको च्यासल रंगशालामा प्रशिक्षण गरिरहेको छ । फिफा वरीयतामा यमन १५६ औं स्थानमा र नेपाल १७३ औं स्थानमा रहेका छन ।

विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेको छ । नेपालले पहिलो खेलमा यूएईसँग ४-० को हार बेहोरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ५७ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज