भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा | Khabarhub Khabarhub

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएकोे जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भुकम्पको केन्द्रबिन्दु जाजरकोटमा ५० करोड रुपैयाँ निकासा भएको छ भने भूकम्पबाट प्रभावित अर्को जिल्ला (रुकुम -पश्चिम) मा पनि ५० करोड पठाइएको छ ।

बझाङ मा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । सो रकम कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा लाभग्राही पहिचान गरी पालिका मार्फत नै रकम पठाउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ४ : १२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि