ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा | Khabarhub Khabarhub

ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओपेनएआईको प्रमुख कार्यकारी अधिकृतबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई माइक्रोसफ्टले भित्र्याउने भएको छ । च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख कार्यकारी अधिकृत अल्टम्यानलाई बोर्डले कम्पनी चलाउन सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको थियो । अल्टम्यानको बर्खास्तीसँगै ओपेनएआईका सहसंस्थापक ग्रेग ब्रोक्यानले पनि कम्पनी छोडेको घोषणा गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यममा अल्टम्यान पुनः कम्पनीमा फिर्ता हुनसक्ने र त्यसका लागि ओपेनएआईले नै भूमिका खेल्ने आँकलन गरेका थिए । तर, अप्रत्यासित रुपमा अल्टम्यान र ब्रोक्म्यान दुवै माइक्रोसफ्टमा आबद्ध हुने तय भएको हो । माइक्रोसफ्टका सीईओ सत्य नडेलाले नै पूर्वओपेनएआईकर्मीद्वय माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च समूहमा जोडिने पुष्टि गरेका छन् ।

अल्टम्यानको बर्खास्तीसँगै ओपेनएआईले भने भिडियो गेम स्ट्रिमिङका लागि प्रख्यात ट्वीच कम्पनीका पूर्वसीईओ एवं सह-संस्थापक इम्मेट शियरलाई कम्पनीकोे कार्यवाहक सीईओ तोकेको छ ।

माइक्रोसफ्टले भने ओपेनएआईमा विवाद आएको बेला आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी रिसर्चका लागि छुट्टै विभाग गठन गरेको छ ।

त्यसको नेतृत्त्व अल्टम्यान र ब्रोकम्यानले गर्न लागेको माइक्रोसफ्टले जनाएको छ । अघिल्लो हप्ता मात्रै माइक्रोसफ्टले आफ्नै एआई चीप उत्पादन गर्ने घोषणासमेत गरेको थियो ।

ओपेनएआईमै माइक्रोसफ्टको अनुमानित १० अर्ब डलर लगानी छ । अल्टम्यान र ब्रोक्यानको आवद्धताले ओपेनएआईसागको साझेदारीमा कुनै समस्या नआउने समेत माइक्रोसफ्टका सीईओ नडेलाले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ५४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले