म्याद गुज्रिएको मदिरा बेच्ने व्यापारीलाई दुई लाख जरिवाना | Khabarhub Khabarhub

म्याद गुज्रिएको मदिरा बेच्ने व्यापारीलाई दुई लाख जरिवाना


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

तनहुँ – म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले दुई लाख रुपैयाँ जरिवाना बुझाएका छन् ।

व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनालले जिल्ला प्रशासन कार्यालयमा सो रकम बुझाएका हुन् । जनगुनासा र उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब छ महिना म्याद गुज्रिएका सात काटुन वियर एवं पेयपदार्थ फेला परेको सहायक प्रजिअ गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयमा चित्त नबुझे व्यवसायीले वाणिज्य विभाग काठमाडौँमा पुनरावेदन दिन सक्ने व्यवस्था रहे पनि तिर्नुपर्ने जरिवाना बुझाएर गएको गैरेले बताए । वाणिज्य विभागले बजार अनुगमन कार्यमा खटिने सहायक प्रमुख जिल्ला अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्न सक्नेसम्मको अधिकार प्रदान गरेको हुन्छ ।

कानुनी कारबाही नहुँदासम्म उक्त सप्लार्यसमा शिलबन्दी गर्न सहायक प्रजिअ गैरेले निर्देशन दिएकाले जरिवाना बुझाएपछि पुनः पसल खुलेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ४० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु