भारतमा निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते « Khabarhub

भारतमा निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी भारतीय राज्य तेलङ्गानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

सो दुर्घटना तेलङ्गानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रङ्गा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो।

घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले बताएका छन् । रङ्गशालाको स्ल्याब र पर्खाल भत्किँदा थुप्रै कामदारहरू भाग्नावशेष मुनि फसेका थिए । सो दुर्घटना हुँदा कम्तिमा २० जना कामदार घटनास्थलमा रहेको बताइएको छ।

निर्माण विज्ञहरूका अनुसार प्रायः निर्माण नियमहरू उल्लङ्घन, प्रशासनको लापरबाही र भ्रष्टाचारजन्य गतिविधिका कारण भारतमा यस्ता दुर्घटना हुने गरेको पाइएको छ । साथै कम गुणस्तरका सामग्रीको प्रयोग, अपर्याप्त सुपरिवेक्षण र कामदारहरूको कमजोर सुरक्षा मापदण्ड पनि दुर्घटनाका मुख्य कारण मानिएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया