नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने « Khabarhub

नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा आज दुवै टोलीले सातौँ खेल खेल्दैछन् । आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ ।

धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ । पोखरा १४ स्थानका साथ शीर्षस्थानमा छ ।

यस्तै, झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : २६ बजे

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच