फिफा क्लब विश्वकप : म्यानचेस्टर सिटी फाइनलमा « Khabarhub

फिफा क्लब विश्वकप : म्यानचेस्टर सिटी फाइनलमा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।

गए राति साउदी अरबको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोलले हराउँदै सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टरका लागि माटियो कोभासिस र बर्नाडो सिल्भाले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त गरेको थियो । 

खेलमा सिटीले पहिलो गोल नै उरावाका मारुस क्रिष्टोफरको आत्मघाती उपहार पाएको थियो । त्यसपछि ५२औँ र ५९औँ मिनेटमा गोल थप्दै सिटीले ३–० को जित निकालेको थियो ।

अब, सिटीले उपाधिका लागि दक्षिण अमेरिकी ब्राजेलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ४३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको