२० वर्षपछि ऐश्वर्या र छोराको सम्बन्धबारे बोले सुरेश ओबेरोय | Khabarhub Khabarhub

२० वर्षपछि ऐश्वर्या र छोराको सम्बन्धबारे बोले सुरेश ओबेरोय


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक बच्चन र ऐश्वर्या राईको डिभोर्सको हल्ला चलिरहेका बेला वरिष्ठ अभिनेता सुरेश ओबेरोयले आफ्नो छोरा विवेक र ऐश्वर्याको प्रेम सम्बन्धबारे बोलेका छन् । घटनाको २० वर्षपछि उनले यस घटनाबारे बोलेका हुन् ।

विवेकले आफूलाई ऐश्वर्यासँगको सम्बन्धबारे कहिल्यै जानकारी नदिएको उनले बताएका छन् । एक निर्माताले आफूलाई उनीहरूको सम्बन्धको जानकारी दिएको उनले खुलाएका छन्, त्यसभन्दा अघि एक व्यक्तिले पनि उनीहरूको सम्बन्धबारे आफूलाई भनेको ओबेरोयको भनाइ छ ।

‘एनिमल’ फिल्ममा रणवीरका हजुरबुबाको भूमिकाबाट प्रशंसा पाएपछि लेहरेन रेट्रोसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘धेरै कुरा त मलाई अझै पनि थाहा छैन । तर मैले उनीहरूको सम्बन्ध थाहा पाउनेबित्तिकै त्यसबाट सचेत रहन आग्रह गरेको थिएँ ।’

‘सलमान र बच्चन परिवारसँग सम्बन्ध राम्रो छ’

ऐश्वर्याका सम्बन्धलाई सलमान र विवेकबीच ठूलो झगडा भएको थियो । सन् २००३ मा भएको यी दुई नायकको झगडाले बलिउडमा ठूलो स्थान पायो । यही काण्डका कारण विवेकको करिअर क्षमता अनुसार अगाडि नबढेको बताइन्छ ।

पछि ऐश्वर्याले अमिताभ बच्चनका छोरा अभिषेकसँग लगन गाँठो कसिन् । यसले सुरेश र बच्चन परिवारको सम्बन्ध बिग्रिएको हल्ला चलेको थियो । यही लफडाले सलमानको परिवारसँग पनि उनको सम्बन्ध चिसिएको धेरैको अनुमान थियो ।

सो अन्तर्वार्ता वरिष्ठ अभिनेता सुरेशले आफू र अमिताभ कहिल्यै राम्रो साथी नभएका कारण यो विवादले सम्बन्धमा कुनै असर नपरेको बताएका छन् । उनी थप्छन्, ‘म अमिताभको सहकर्मी हुँ । मेरो भाइको मृत्यु भएका बेला अमिताभकी

पत्नी जाया आउनुभएको थियो । हामीबीच व्यवसायिक सम्बन्ध थियो । अमिताभले मलाई जन्म दिनमा पनि बोलाउनुभयो, त्यो मलाई राम्रो लाग्यो ।’

त्यस्तै, छोरोको विवादले सलमानको परिवारसँग पनि आफ्नो नबिग्रिएको उनको दाबी छ । अमिताभ, सलमान र उनका बुबा सलिम खानसँग आफ्नो भेट जहिल्यै राम्रो माहोलमा हुने खुलाए ।

सलमानले अझ विशेष सम्मान दिने बताउँदै सुरेश थप्छन्, ‘हामी सबै एक–अर्कालाई राम्रोसँग भेट्छौँ । सलमानले मलाई भेट्दा चुरोट लुकाएर सम्मानपूर्वक मसँग कुरा गर्ने गरेका छन् । म विवेकलाई ‘सलिम भाइ’को खुट्टा छुनु भन्छु । धेरै घटना भए, तर सम्बन्ध राम्रो छ ।’

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : २० बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा