ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडो सर्वोच्चको रोक « Khabarhub

ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडो सर्वोच्चको रोक


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको बताएको छ।

अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी विधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै सो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा अमेरिकी संसद्मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ४९ बजे

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम