ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडो सर्वोच्चको रोक | Khabarhub Khabarhub

ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडो सर्वोच्चको रोक


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको बताएको छ।

अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी विधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै सो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा अमेरिकी संसद्मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ४९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको