स्पेनिस ला लिगा : गेटाफेसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड « Khabarhub

स्पेनिस ला लिगा : गेटाफेसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

गेटाफेले खेलको ९३औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो । त्यसअघि ३–१ ले पछि परेको गेटाफेका लागि ८७औँ मिनेटमा ओस्कार रोड्रीगेजले दोस्रो गोल गरेका थिए । त्यस्तै गेटाफेका लागि बोर्जा मायोरलले दुई गोल गरेका थिए ।

त्यस्तै एट्लेटिको म्याड्रिडका लागि एन्टोनी ग्रीजम्यानले २ गोल गरे भने अल्भारो मोराटाले एक गोल थपेका थिए । खेलको ३८औँ मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समिति भएको थियो ।

यो बराबरीपछि एटलेटिको म्याड्रिड १७ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा रहेको छ । समान ३५ अंक नै रहेको बार्सिलोना गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । १८ खेलबाट २६ अंक बटुलेको गेटाफे आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : २३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति