मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध प्रदर्शन « Khabarhub

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध प्रदर्शन


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलव्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी हामीले कहिले खाने, मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, लगायतका प्ले कार्य प्रदर्शन गरेका थिए ।

नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा बितरण हुन नसकेको बताएका छन् । उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरेका छन् ।

मेलम्ची खानेपानीमा अव पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी नेविसङ्घले दिएको छ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १ : २६ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ