बाबर आजम फर्के एकदिवसीय वरियताको शीर्ष स्थानमा | Khabarhub Khabarhub

बाबर आजम फर्के एकदिवसीय वरियताको शीर्ष स्थानमा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसिसी एकदिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका बाबरको बरियता लामो सयमपछि खस्किएको थियो । तर, आईसिसीको पछिल्लो वरीयतामा उनले भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् ।

यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए ।

एकदिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् । यस्तै चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् ।

टिम वरीयतामा भने टी–२०, एकदिवसीय र टेस्टको पहिलो नम्बरमा भारत रहेको छ । क्रिकेटका तीनै फर्मेटमा पहिलो वरीयतामा रहेको भारतले विश्वकप उपाधि भने जित्न सकेको थिएन् । एकदिवसीय विश्वकप विजेता अस्ट्रेलिया वरीयताको दोस्रो नम्बरमा रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : ०० बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका