‘पर्खी बसेँ तिमीलाई’ को दुई पोस्टर सार्वजनिक  « Khabarhub

‘पर्खी बसेँ तिमीलाई’ को दुई पोस्टर सार्वजनिक 


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पौष २७ मा प्रदर्शन गरिने तय भएको चलचित्रको दुई पोस्टर मध्ये एकमा प्रेम भाव देखाइएको छ भने, दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई प्रवेश गराएका थिए । 

यसपटक उनेल २७ औँ चलचित्रको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए । 

‘यो विशुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई प्रवेश गराएका छौं । पर्खी बसेँ झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने । अभिनेता किरण र अभिनेत्री रक्षाले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् । 

अभिनेत्री रक्षाले आफूले प्रेम कथानक चलचित्रमार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन् । ‘फिल्ममा लभर गर्लको रुपमा प्रस्तुत भएकी छु । नयाँ भएता पनि टिमले गर्नु भएको सहयोगले मैले आफ्नो काम देखाउने अवसर पाएकी छु’, रक्षाले भनिन् । 

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यक्त गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने । यस चलचित्रमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् । 

निर्माता राजाराम बुढाथोकीले विना सम्झौता चलचित्र तयार गरिएको जानकारी दिए । उनले भने, ‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र बनेको छ । स-परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाइएको छ ।’

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को सङ्युक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।  यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । 

यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : ३८ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल