राजसंस्था स्थापना गर्न आन्दोलनको आँधीबेहरी ल्याउछौँ : सहमहामन्त्री शाह « Khabarhub

राजसंस्था स्थापना गर्न आन्दोलनको आँधीबेहरी ल्याउछौँ : सहमहामन्त्री शाह


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले राजसंस्था स्थापनार्थ आन्दोलनमा विचार मिल्ने दल, संघसंस्था, व्यक्तिलगायत सबैसँग कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहरी ल्याउने  बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले संविधानअन्तर्गत रहने राजसंस्थासहितको प्रजातन्त्रको मागलाई लिएर राप्रपाले आन्दोलन गर्न लागेकाले उक्त आन्दोलनमा नेपाली जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘मुलुकमा गणतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी अवधि भइसक्दा पनि नेपाली जनताको इच्छा, आकांक्षा पूरा हुनु त कहाँ हो कहाँ ? उल्टो भ्रष्टाचारतन्त्रको दबदबा बढेकाले जनता अहिलेको परिस्थितिमा राष्ट्र, राष्ट्रियता बचाउन अभिभावकको खोजीमा रहेको छ । त्यहीँ अभिभावकको खाँचो पूरा गर्न राप्रपाको केन्द्रीय समितिको बैठकले आउँदो फागुन महिनादेखि आन्दोलन गर्न लागेको हो ।’

सहमहामन्त्री शाहले देश नै रहला कि नरहला भन्ने आशंका व्याप्त भइरहेको अवस्थामा देश र जनताको पक्षमा राजसंस्थासहितको राजनीतिक व्यवस्थाका लागि आन्दोलन गर्ने निर्णय गर्नु अत्यन्तै सामयिक कदम भएको बताए ।

उनले गणतन्त्रले नेपाली जनतालाई सुख र सुबिस्ता दिनुको साटो ललितानिवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, एनसेलजस्ता देशघाती काण्डहरू थुपारिदिएको उल्लेख गरे । सहमहामन्त्री शाहले राप्रपाको आगामी आन्दोलनबाट राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको सर्वधर्म समभावको प्रणालीले देशको अहिलेको अवस्था र व्यवस्था परिवर्तन गरी जनताले चैनको श्वास फेर्ने तर्क गरे ।

उनले एक प्रसंगमा नेपालमा जति पनि ठूल्ठूला राजनीतिक परिवर्तन भएका छन्, त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव रहेको नकार्न नसकिने भएकाले हाम्रा दुई विशाल छिमेकी राष्ट्र चीन र भारतले राजसंस्थाको पक्षमा नबोलेतापनि ती दुई छिमेकी देशका नेताहरू हाम्रा गणतन्त्रवादी नेताहरूसँग खुशी भएको आफूले अनुभूत गर्न नसकेको बताए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ४४ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै