भ्रष्टाचार रोक्न अख्तियारको सरकार र संस्थानलाई छुट्टाछुट्टै सुझाव (पूर्णपाठ) | Khabarhub Khabarhub

भ्रष्टाचार रोक्न अख्तियारको सरकार र संस्थानलाई छुट्टाछुट्टै सुझाव (पूर्णपाठ)


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारी निकायलाई विभिन्न सुझाव दिएको छ ।

सरकारका सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानका प्रमुखसँग छुट्टाछुट्टै अन्तरक्रिया गर्दै आयोगले सुधारका लागि सुझाव दिएको हो ।

सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारले ४६ बुँदामा सुझाव दिएको छ ।

अख्तियारले विभागीय प्रमुख र सचिवहरूलाई प्रत्येक महिना विभागीय मन्त्री र सचिवले मातहत निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्ने र लापरबाही गर्ने पदाधिकारी÷कर्मचारीलाई समयमै सचेत गराउने । यो व्यवस्थाको पालना नभएमा हुने सरकारी हानी नोक्सानीउपर वित्तीय उत्तरदायी अधिकारीलाई जिम्मेवार र जवाफदेही हुने भन्दै सचेत बनाएको छ ।

तीन तहका सरकारबीचको काम, कर्तव्य र अधिकारमा देखिएको अस्पष्टता र दोहोरोपना हटाउन अन्तरनिकाय समन्वयसमेत हुने गरी कार्यविभाजनलाई स्पष्ट बनाउने तथा सार्वजनिक खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीले गरेका व्यवस्थाको पूर्णतः पालना गर्ने, स्वार्थ अनुकूल हुनेगरी सार्वजनिक खरिद नियमावली बारम्बार संशोधन गर्ने कार्य बन्द गर्ने ।

सार्वजनिक खरिदमा ठेक्का सम्झौताबमोजिम काम नभए कारबाही गर्ने, प्रतिस्पर्धालाई निषेध गर्ने गरी एउटै आयोजना टुक्रा टुक्रा पारी एउटै वर्षमा फरक फरक पार्टीमार्फत वा विभिन्न वर्षमा गरी बन्द गर्ने ।

सार्वजनिक निकायले समयसीमा तोकी सेवा प्रवाह गर्ने । सवाग्राही र कर्मचारीको प्रत्यक्ष सम्पर्क घटाउन सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोग बढाउने तथा बजारमा प्रतिस्र्धा गर्न सक्ने योग्य र दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिने तालिम प्रदायक संस्थाको एकीकरण गरी सक्षम, सुविधा सम्पन्न र स्तरीय तालिम केन्द्रको व्यवस्था गर्ने लगायतका रहेका छन् ।

आयोगले नियमामक निकाय साथै सार्वजनिक संस्थानलाई ४८ बुँदामासुझाव दिएको छ ।

आयोगले नियामक निकाय र सार्वजनिक संस्थानलाई विनाप्रतिस्पर्धा वा आवश्यकता बेगर परामर्श सेवा सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्य बन्द गर्ने, लाभ लगत विश्लेषणसहित सञ्चालन योजना बनाएर मात्र निर्माणजन्य खरिद सम्झौता गर्ने । अनावश्यक रूपमा सामग्री, सफ्ट्वेयर, कच्चा पदार्थ, उपकरणलगायत खरिद नगर्ने, किनेका सवारी साधन तथा यन्त्र उपकरणहरूको नियमित मर्मत सम्भार गर्ने, जिन्सी मालसामनको लिलामीमा कानून पालना नगर्नेलाई कारबाही गर्ने सुझाइएको छ ।

अख्तियारले आफ्नो संस्थाको उत्पादित वस्तु तथा सेवा कर्मचारी र सञ्चालकलाई निशुल्क उपलब्ध गराउने, नाफा घटिरहँदासमेत सेवा सुविधा थप्ने, कर्मचारी र सञ्चालक समितिलाई अनावश्यक सेवा सुविधा बढाउनेजस्ताव कार्य रोक्न भनेको छ । कर्मचारीलाई ट्रेड युनियनको सिफारिसमा जथाभावी ट्रेड युनियन काज र सुविधा नदिन पनि सुझाव दिइएको छ ।

कुनै कम्पनी वा संस्थाको प्राथमिक शेयर निष्कासन गर्दा धितोपत्र बोर्डले उक्त कम्पनी वा संस्थाका सबै वित्तीय एवम व्यवस्थापकीय पक्षको वस्तुपरका अध्ययन गरेर मात्र अनुमति दिने । संस्थाका आन्तरिक कर्मचारीले मात्र संस्थाको नियमित कार्यसम्पादन गर्दा समेत विभिन्न समिति बनाई बैठक भत्ता खाने, मन्त्रालयको सहमतिबेगर संस्थाका कर्मचारी र सञ्चालकको सेवा सुविधा वृद्धि गर्ने जस्ता कार्य रोक्न अख्तियारले सुझाव दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : ०३ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड