डंकीभन्दा सलारको बुकिङ राम्रो « Khabarhub

डंकीभन्दा सलारको बुकिङ राम्रो


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता शाहरुख खानको यो वर्षको तेस्रो फिल्म ‘डंकी’ भोलिबाट प्रदर्शनमा आउँदै छ । उनी यो वर्ष डंकीलाई पनि ५०० करोड क्लबमा प्रवेश गराएर तीन हिट फिल्म दिने तयारीमा छन् । 

राजकुमार हिरानीको निर्देशनमा बनेको डंकी यो वर्षकै बहुप्रतिक्षित फिल्मसमेत भएकाले केही विशेष हुनेमा दर्शक आशावादी छन् । सँगै तेलंगु सुपरस्टार प्रभासको ‘सालार’ पनि एकै दिन प्रदर्शनमा आउने भएकाले यो फिल्मको व्यापारमा केही धक्का लाग्ने भएको छ ।

यद्यपि अभिनय र निर्देशनमा अब्बल मानिने यी दुईको सहकार्य हेर्न दर्शक उत्सुक छन् । तापसी पन्नू, विक्की कौशल र बोमन इरानीले यो फिल्ममा सुनमा सुगन्ध थप्नेमा शाहरुखका समर्थक आशावादी छन् ।

उता प्रभासको दुई मिल्ने साथी दुस्मन भएको कथामा आधारित फिल्मले पनि घरेलु बजारमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । 

कस्तो छ दुई फिल्मको बुकिङ ? 
डंकी फिल्म प्रदर्शनमा आउन एक दिन मात्रै बाँकी छ । बुधबार अपरान्हसम्मको तथ्यांकअनुसार डंकीले ११ करोड भारुको बुकिङ गरेको छ । यस फिल्मको तीन लाख ९४ हजार मात्र टिकट बुकिङ भएको छ । यो फिल्मले घरेलु बजारमा १५ करोडको ओपनिङ गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, प्रभासको सलार प्रदर्शनमा आउन दुई दिन बाँकी छ । यो फिल्मको हिन्दी भाषामा करिब २ करोड भारुको बुकिङ भएको छ । दुई दिन अगावै करिब ७९ हजार टिकट बिक्री भएको भारतीय मिडियाहरूले बताएका छन् । 

त्यस्तै घरेलु बजारमा समग्रमा यस फिल्मको १७ करोड ८५ लाख भारुको टिकट बिक्री भइसकेको दाबी गरिएको छ । समग्रमा अहिलेसम्म आठ लाख २० हजार टिकट बिक्री भएको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ४० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२