डंकीभन्दा सलारको बुकिङ राम्रो « Khabarhub

डंकीभन्दा सलारको बुकिङ राम्रो


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता शाहरुख खानको यो वर्षको तेस्रो फिल्म ‘डंकी’ भोलिबाट प्रदर्शनमा आउँदै छ । उनी यो वर्ष डंकीलाई पनि ५०० करोड क्लबमा प्रवेश गराएर तीन हिट फिल्म दिने तयारीमा छन् । 

राजकुमार हिरानीको निर्देशनमा बनेको डंकी यो वर्षकै बहुप्रतिक्षित फिल्मसमेत भएकाले केही विशेष हुनेमा दर्शक आशावादी छन् । सँगै तेलंगु सुपरस्टार प्रभासको ‘सालार’ पनि एकै दिन प्रदर्शनमा आउने भएकाले यो फिल्मको व्यापारमा केही धक्का लाग्ने भएको छ ।

यद्यपि अभिनय र निर्देशनमा अब्बल मानिने यी दुईको सहकार्य हेर्न दर्शक उत्सुक छन् । तापसी पन्नू, विक्की कौशल र बोमन इरानीले यो फिल्ममा सुनमा सुगन्ध थप्नेमा शाहरुखका समर्थक आशावादी छन् ।

उता प्रभासको दुई मिल्ने साथी दुस्मन भएको कथामा आधारित फिल्मले पनि घरेलु बजारमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । 

कस्तो छ दुई फिल्मको बुकिङ ? 
डंकी फिल्म प्रदर्शनमा आउन एक दिन मात्रै बाँकी छ । बुधबार अपरान्हसम्मको तथ्यांकअनुसार डंकीले ११ करोड भारुको बुकिङ गरेको छ । यस फिल्मको तीन लाख ९४ हजार मात्र टिकट बुकिङ भएको छ । यो फिल्मले घरेलु बजारमा १५ करोडको ओपनिङ गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, प्रभासको सलार प्रदर्शनमा आउन दुई दिन बाँकी छ । यो फिल्मको हिन्दी भाषामा करिब २ करोड भारुको बुकिङ भएको छ । दुई दिन अगावै करिब ७९ हजार टिकट बिक्री भएको भारतीय मिडियाहरूले बताएका छन् । 

त्यस्तै घरेलु बजारमा समग्रमा यस फिल्मको १७ करोड ८५ लाख भारुको टिकट बिक्री भइसकेको दाबी गरिएको छ । समग्रमा अहिलेसम्म आठ लाख २० हजार टिकट बिक्री भएको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ४० बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई