राजस्व संकलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित « Khabarhub

राजस्व संकलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’’ सर्वसम्मतले पारित गरेको छ ।

सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गरेका थिए ।

विधेयकका सम्बन्धमा सदस्य अधिकारीले उठाएको प्रश्नको जवाफमा सरकारले संविधान र संसद्को अधिकारलाई हनन गरेको जनाउँदै विशेष परिस्थितिमा सरकारले आर्थिक विधेयक ल्याउन नसक्दा वा पारित गर्न नसक्दा राजस्व संकलनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त विधेयक प्रस्तुत गरिएको बताए ।

त्यसअघि नेकपा (एमाले) संसदीय दलको तर्फबाट  प्रदेशसभा सदस्य निरन राईले देशको कृषि, सिँचाइ, सडक, शिक्षालय, अस्पताल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सके बसाइँसराइका समस्या समाधान हुने बताए ।

बैठकको प्रारम्भमा प्रदेशसभासदस्य किशोरचन्द्र दुलाल, खगेश्वरी पौडेल, गीता तिमल्सेना, नीरादेवी खनाल, मैया श्रेष्ठ, रामदेव यादव, रेवतीरमण भण्डारी, विनोद राई र सदानन्द मण्डलले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक पुस ६ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : १२ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी