न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीश अनुमोदन, राष्ट्रपतिबाट नियुक्त | Khabarhub Khabarhub

न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीश अनुमोदन, राष्ट्रपतिबाट नियुक्त


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् ।

न्यायपरिषद्ले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो ।

शुक्रबार, आइतबार र सोमबार २/२ जनाको सुनुवाइ गरेको समितिले समितिमा प्राप्त उजुरी र न्यायाधीशले दिएको जवाफ र कार्ययोजनाबारे अध्ययन गर्न सदस्यहरुलाई दुई दिनको समय दिएको थियो ।

अनुमोदन गर्ने वा नगर्ने निर्णय लिन आज विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

१५ सदस्यीय समितिको बैठकमा ११ जना सांसद मात्र उपस्थित थिए । बैठकमा सांसदहरुले समितिमा परेका उजुरी र न्यायाधीशको जवाफबीच मेल खाए नखाएको मूल्यांकन सुनाएका थिए । सांसदहरुको रायपछि समितिबाट न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीशको नाम अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशको शपथ भोलि हुनेछ । सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ५१ बजे

आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ

काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाइ

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा

पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा.

पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले 

सियोल– महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका