राजनीतिक दलसँग भूमि आयोगको छलफल « Khabarhub

राजनीतिक दलसँग भूमि आयोगको छलफल


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर – भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन, निस्सा वितरण र पुर्जा वितरणमा केन्द्रित रहेर राष्ट्रिय भूमि आयोग ललितपुरले राजनीतिक दलसँग छलफल गरेको छ ।

‘अहिलेसम्म भएका काममा राजनीतिक दलहरुबाट भएको सहयोग र समन्वयबाट आगामी दिनहरुमा पनि सहजरूपमा काम गर्न सहयोग पुग्ने भन्नेमा हामी आशावादी छौँ’, आयोगका अध्यक्ष श्रीगोविन्द महर्जनले भने ।

आयोगले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि १४ चरणमा काम सम्पन्न गर्नुपर्नेछ । त्यसअनुसार ललितपुरका चार वटा पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने चरणमा छ । निस्सा वितरण हुँदा छ चरणको काम सम्पन्न हुने आयोगका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए ।

छलफलका क्रममा नेकपा माओवादीका जिल्ला अध्यक्ष शिव कट्टेलले आयोगका गतिविधि लक्षित वर्गसम्म पु¥याउन वडा तहलाई जिम्मेवार बनाउन सम्बन्धित पालिकाले ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले वर्तमान संविधानको मर्मअनुरुप नै भूमि आयोग गठन भई काम गरेकाले आयोगलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) ललितपुरका कार्यालय सचिव रमेशप्रसाद घिमिरेले संविधानले निर्दिष्ट गरेअनुसार काम गर्न र समन्वय गर्न आफ्नो पार्टी तत्पर रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : २८ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक