चीनद्वारा ग्राफाइटको निर्यातमा कडाइ, विश्वभर विद्युतीय सवारीको उत्पादन प्रभावित हुने चिन्ता « Khabarhub

चीनद्वारा ग्राफाइटको निर्यातमा कडाइ, विश्वभर विद्युतीय सवारीको उत्पादन प्रभावित हुने चिन्ता


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले ग्राफाइटको निर्यातमा कडाइ गरेपछि यसबाट विश्वभर विद्युतीय सवारीको उत्पादन नै प्रभावित हुने भन्दै चिन्ता उत्पन्न भएको छ ।

चीनले ग्राफाइटको निर्यातपूर्व सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । अमेरिकाले चिनियाँ प्रविधिको क्षेत्रलाई निशाना बनाएको बदलामा चीनले यस्तो घोषणा गरेको जनाइएको छ ।

चीनले विश्वको ६५ प्रतिशत ग्राफाइट उत्पादन गर्दै आएको छ भने विद्युतीय सवारीलाई आवश्यक पर्ने बेट्रीको एनोडमध्ये ८० प्रतिशतमा चिनियाँ कम्पनीको नियन्त्रण रहेको जापानको निक्के एसियाले जनाएको छ ।

एनोड उत्पादनका लागि ग्राफाइट अत्यावश्यक पदार्थ मानिन्छ । विद्युतीय सवारी उत्पादनमा अग्रणी स्थान हासिल गर्ने चीनको महत्वकाङ्क्षी योजनाअनुसार यस्तो घोषणा आएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ४१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस